सुचना, समाचार र मनोरन्जन

‘प्रेम गीत’ हेरेपछि किरणलाई मन परेकी थिइन पुजा शर्मा : उनैसँग अभिनय गर्न पाउँदा छन् दंग

काठमाडौं :

फिल्म ‘पर्खी बसे तिमीलाई’बाट अभिनेतामा डेब्यु गरेका किरण श्रेष्ठको दोस्रो फिल्म ‘दान्भी’प्रदर्शनको तयारीमा छ। पहिलो फिल्मले उनको खासै उचाई लिन सकेन। फिल्मले व्यवसायिक रुपमा असफल भएपछि उनी सहित अन्य कलाकारको समेत चर्चा भएन। यसमा उनी मनदुखाई गर्र्दैनन्।

पहिलो फिल्मले असफलता हाँसिल गर्दैमा आफु असफल भएको उनी मान्दैनन्। पहिलो फिल्ममा लभर ब्वाईका रुपमा आफुलाई स्थापित गर्न लागेका उनी दोस्रो फिल्ममा एक्सन अभिनेताका रुपमा उदाउने तयारीमा छन्। जुन कुरा उनी आगामी असार ७ गते पुष्टि गर्नेछन्। किनभने उनको यो दोस्रो फिल्म ‘दान्भी’ असार ७ गते नै प्रदर्शनमा आउदैछ।

उनी यो फिल्मबाट आफुलाई स्थापित नायकका रुपमा चिनाउने कुरामा ढ्ुक्क छन्। फिल्ममा अभिनेत्री पुजा शर्मा र कुन्साङ बोम्जन रहेका छन्। तीन जनाकै मुख्य भुमिका रहेको यो फिल्मबाट दर्शकमाझ परिचित हुनेमा अभिनेता श्रेष्ठ विश्वस्त देखिन्छन्। तीनजनाको मुख्य भुमिका रहेको यो फिल्मका निर्माण पक्षले भने उनीमाथी अन्याय गरेको देखिन्छ। किनभने फिल्मको पहिलो केहि पोस्टरमा उनलाई देखाउन चाहेका छैनन्। ट्रेलरमा समेत उनलाई सानो भुमिका दिएर टाटो मारेका थिए। त्यसबेला मन दुखाएका श्रेष्ठ अहिले भने दंग छन्। किनभने उनको एकल फोटो राखेर निर्माण पक्षले पोस्टर सार्वजनिक गरेपछि उनी खुशी देखिएका छन्।

उनी भन्छन्,‘पहिलो फिल्म नचले पनि दोस्रो तेस्रोमा केहि होला भन्ने छ मेरो।’

उनी आफु भन्दा सिनियर अभिनेत्रीसँग काम गर्न पाउँदा निकै दंग परेको सुनाउँछन्। उनलाई पुजा शर्मा निकै मन पर्ने हिरोइन र उनीसँगै अभिनय गर्न पाउँदा एकदमै खुशी रहेको बताए।

‘मलाई त एकदम खुशी लाग्यो। किनभने पर्खि बसेको इन्टरभ्युमा पनि भनेको थिए। मलाई मनपर्ने नायिका हो उहाँ,’उनी भन्छन्,‘किनभने मैले उहाँको प्रेम गीत हेरेको थिए। त्यो फिल्मको अन्तिम सिनमा सुसाईट गर्ने जुन सिन छ। त्यो देखेर म रोएको थिए। त्यहिबाट हो मलाई पुजा शर्मा मन परेको।’

धेरै कलाकारहरु चलेको अभिनेता अभिनेत्रीसँग काम गर्न रुचाउँछन्। पूजासँग अभिनय गर्दा चलिन्छ भन्ने धेरै नव अभिनेताहरुमा पाइन्छ। तर उनी चलेको कलाकारसँग अभिनय गर्दैमा आफु चलिन्छ भन्ने भ्रम ठान्छन्। उनीहरु जतिकै अभिनय गर्न सकियो भने दुवै चल्न सकिने उनको भनाई छ।

Leave A Reply

Your email address will not be published.