सुचना, समाचार र मनोरन्जन

नेपाल प्रहरीको ७०औं स्थापना दिवसमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित

काठमाडौं :

नेपाल प्रहरीको ७०औं स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन्। शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरेका हुन्।

ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर सातदोबाटो र प्रहरी प्रभाग इमाडोलको पुनर्निर्माण कार्यको नेतृत्व गरेबापत केसीलाई सम्मान गरिएको हो।

उक्त प्रहरी कार्यालयहरू जेन्जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका थिए। सम्मानपछि खुसी व्यक्त गर्दै केसीले भने, “भवन निर्माणको श्रेय कार्यसमिति सदस्य र पवित्र मन भएका संघसंस्थालाई दिन चाहन्छु, प्रहरीलाई धेरै धेरै धन्यवाद।”

उनका अनुसार, सातदोबाटो ट्राफिक प्रहरीको भवन ९९ प्रतिशत सम्पन्न भइसकेको छ भने प्रहरी वृत्त सातदोबाटोको पुनर्निर्माण कार्य करिब ५ प्रतिशत मात्र बाँकी छ।

Leave A Reply

Your email address will not be published.