सुचना, समाचार र मनोरन्जन

पल शाहले स्यार्पू महोत्सवमा अनुपस्थित हुँदा दर्शकप्रति क्षमायाचना

रुकुम पश्चिम :

अभिनेता पल शाहले रुकुम पश्चिममा जारी १५औं स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवमा विशेष कारणले सहभागी हुन नसकेको भन्दै दर्शक र स्यार्पूवासीप्रति क्षमायाचना गरेका छन्।

उनी आफ्नो सामाजिक सञ्जालमार्फत लेख्दै भन्छन्,“आज हुन गैरहेको रुकुम पश्चिममा जारी १५औं स्यार्पू पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवमा विशेष कारणबस सहभागी हुन नसकेकोमा भगवान रूपी दर्शक महानुभावहरूप्रति क्षमाप्रार्थी छु। तपाईंहरू सम्पूर्ण स्यार्पूवासी आमा-बुवा, दाजूभाइ, दिदीबहिनीहरूसँग आशीर्वाद प्राप्त गर्ने अपेक्षा राख्दै, आगामी वर्ष हुने कार्यक्रममा अवश्य उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दछु। धन्यवाद।”

उनले आगामी वर्ष हुने महोत्सवमा अनिवार्य रूपमा उपस्थित हुने आश्वासन पनि दिएका छन्।

Leave A Reply

Your email address will not be published.