सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

को बन्ला मोडल हन्ट नेपाल ?,मोडल हन्टको उपाधिका लागि भिड्दैछन् ५० मोडल

काठमाडौँ :

‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम शनिबार प्रतिस्पर्धा शनिबार आयोजना हँुदैछ। होटल याक एण्ड यतिमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्दैछन्। प्रतियोगीताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

sfal

प्रतियोगीतामा पुरुष तर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् भने महिला तर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन्। सबै प्रतियोगी छनौट चरणको बिभिन्न प्रतियोगीता पार गर्दै फाइलनमा पुगेका हुन्। फाइनल प्रतियोगीताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन बिभिन्न प्रशिक्षण समेत लिएका छन्।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ।

प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने आयोजक संस्थाका नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमालाले बताए। उनले प्रतियोगीताको फाइनल एक भब्य कार्यक्रम सहित आयोजना हुने र जसमा थुप्रै चर्चित ब्यक्तिहरुको समेत सहभागीता रहने जानकारी दिए।

Leave A Reply

Your email address will not be published.