सुचना, समाचार र मनोरन्जन

‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, सम्बन्ध र संघर्षको कथा

काठमाडौं : निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ। करिब साढे तीन मिनेट लामो ट्रेलरले सम्बन्ध र जीवनका चुनौतीहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

पौडेलले यसअघि कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्देशन गरिसकेका छन् र यसै फिल्ममा पनि उनले कथा, पटकथा र निर्देशन गरेका छन्। लेखनमा उनीसँग सुनिल निउरे र सुबलमणि सापकोटाले सहयोग गरेका छन्।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल र हिउँवाला गौतमले अभिनय गरेका छन्।

नरदेवी फिल्म्ससारंगी फिल्म्स को संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्। छायांकन बाबु श्रेष्ठले गरेका छन् भने सम्पादन नहकुल खड्का र संगीत आशिष अविरल र रिदम कँडेलको रहेको छ। निर्माण पक्षका अनुसार ‘कोशेढुङ्गा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.