सुचना, समाचार र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले थाले ‘कोशेढुंगा’ निर्देशन,मुख्य भुमिकामा सुरक्षा पन्त

काठमाडौं :

फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन थालिएको छ। फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन थालेका हुन्। बुधबार च्यासलस्थित सेटमा मुहूर्त सटसँगै फिल्मको छायांकन थालेको निर्देशक पौडेलले जानकारी दिएका छन।

Chaka Panja

फिल्मको मुर्हतमा निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो। फिल्म सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना,सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकार छन्।
निर्माण पक्षका अनुसार करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सुटिङका लागि स्याङ्जा जानेछ।

यो फिल्मको लिड रोलमा सुरक्षा पन्त रहने निर्माण पक्षको भनाई छ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रुपमा रहनेछन्। कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन्। बाबु श्रेष्ठको डीओपी रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ भने कास्टिङ डिरेक्टरमा सुवलमणि सापकोटा रहेका छन्।

Leave A Reply

Your email address will not be published.