सुचना, समाचार र मनोरन्जन

आधा दर्जन फिल्मले दशैँको फूलपातीमा प्रदर्शन मिति घोषणा गरेसँगै थपियो अशोक शर्माको ‘डबल ट्रिपल’

काठमाडौं :

दशैँ आम नेपालीको मात्र होइन फिल्मकर्मीहरुको उत्सव नै हुने गर्दछ। यो समयमा फिल्म रिलिज गर्दा निर्माताहरु आफुलाई लगानी उठाउन सहज ठान्छन्। त्यहीँ भएर हरेक वर्षको दसैंमा फिल्म चलाउने निर्माताहरुको होडबाजी नै चल्छ।

आगामी दसैंका लागि अहिले नै दर्जना हाराहारी निर्माण टिमले आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेकी छन्। आगामी दशैंको फूलपातीमा बलिदान, माइतीघर, महाराजधिराज, हरिबहादुरको जुत्ता लगायत फिल्महरु प्रदर्शनमा आउने कमफम भइसकेका छन्।

Chaka Panja

यहीँ मितिमा पुराना फिल्म निर्माता तथा निर्देशक अशोक शर्माले आफ्नो फिल्म ‘डबल ट्रिपल’को प्रदर्शनको घोषणा गरेका छन्। शिवरात्रीको अवसरमा बुधबार उनले नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्मबारे जानकारी दिँदै शर्माले लेखेका छन्,‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’

यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सनविक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय हुने जनाइएको छ। उनको यो ९ औँ फिल्म हो। यसअघि उनले शर्माको यो नवौं निर्देशकीय फिचर हुनेछ। यसअघि उनले सीता, गरिब, निर्णय, अल्लारे, मिस्टर रामकृष्णे, यो मायाको सागर, जय भोले र रातो टीका निधारमा निर्देशन गरेका छन्।

यस फिल्मका लागि निर्देशक शर्मा र राजेश सिटौलाको पटकथा लेखिरहेका छन्। शम्भुजीत बासकोटाको यो फिल्ममा संगीत रहने छ भने आलोक शुक्लाको छायांकन, मनोज पण्डितको स्क्रिप्ट डक्टरिङ, शान बस्न्त्याको संवाद, राजु किराँतीको एक्सन र सुनिल क्षेत्रीको नृत्य हुनेछ।
यो फिल्ममा किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्मालाई निर्माताको रुपमा रहने छन्।

Leave A Reply

Your email address will not be published.