काठमाडौं :
अघिल्ला शुक्रबारबाट प्रदर्शनमा आइरहेको फिल्म ‘पिताम्बर’ टिमले नयाँ फिल्मको घोषणा गरेका छन्। बुधबार फिल्मकी निर्देशक कृषा चौलागाइँ,निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान र वितरक रोहित कट्टेलले एउटा तस्विर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन्।
फिल्म वितरक रोहित कट्टेलले परिचयसँगको कुराकानीमा नयाँ फिल्म निर्माण हुन लागेको पुष्टि गरे। उनका अनुसार फिल्मको नाम निर्माण टिमले नभनेको तर फिल्म बन्ने पक्का भएको जानकारी दिए। उनीहरुले प्रदर्शनरत फिल्म ‘पिताम्बर’को सिक्वेल बन्ने हो की भन्ने अनुमान गरिएको छ। के बन्न भन्ने कुरामा निर्माण पक्षले नै यकिन गरेको छैन। किनभने यस फिल्मको अन्तिममा सिक्वेलका लागि ठाउँ छाडिएको छ।
यो फिल्मको सिक्वेल कहिले बन्छ पक्का छैन। तर, निर्देशक कृषा कृषाले नयाँ कथामा काम गर्ने तयारीमा भने जुटेकी छन्। यो कुरा भने पक्का हो।यो फिल्ममा लगानी कसले गर्ने र कुन कुन कलाकारहरुको अभिनय रहने छ भन्ने बारेमा निर्माण पक्षले खुलाएको छैन। कृषाले यसअघि सफल फिल्म ‘ऐचो पैचो’निर्देशन गरेकी थिइन्।
कृषा र पुरुषोत्तमले अभिनेता अनमोल केसीलाई समेत भेटेका छन्। त्यस कारण यो फिल्ममा अनमोल पक्का पक्की भएको होकी भन्ने अनुमान गरिएको छ। अहिले प्रदर्शनमा आएको फिल्ममा भने प्रदीप खड्का,दिव्या रायमाझी,मुकुन भुसाल,सौगात मल्ल लगायतको अभिनय छ।