सुचना, समाचार र मनोरन्जन

‘सेन्टिभाइरस’ पछि ‘पाँच पाण्डव’मा ‘धुर्मुस सुन्तली’

काठमाडौं :

एक दशकअघि हास्य टेलिश्रृंखलामा ‘धुर्मस’ र ‘सुन्तली’को भुमिमा गर्दै दर्शक हँसाएका सीताराम कट्टेल र कुञ्जना घिमिरेले नयाँ फिल्ममा काम गर्ने भएका छन्। रिलमा श्रीमानश्रीमतीको भुमिका निवार्ह गर्दै रियलमै जोडीका बनेका उनीहरुले फिल्म ‘पाँच पाण्डव’मा अभिनय गर्ने पक्का हुन्। निर्देशक वसन्त निरौलाले यो फिल्मको निर्देशन गर्न लागेको यो फिल्ममा कल्याणी साखको लगानी गर्ने छन्।

३ करोड माथिको बजेटमा निर्माण हुन लागेको षे फिल्ममा अन्य कलाकारहरू फाइनल नभइसकेको निर्देशक निरौलाको भनाई छ। काली रानी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्म कुन जनरामा बन्न लागेको निर्माण पक्षले खुलाएको छैन। कलाकार हेर्दा कमेडी होकी भन्ने बुझिएको छ। यसअघि सिताराम र कुञ्जनाले फिल्म ‘सेन्टी भाइरस’मा एकसाथ काम गरेका थिए। पाँच वर्षअघि प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले राम्रै रुचाएका थिए।

Leave A Reply

Your email address will not be published.