काठमाडौं :
दिवाकर भट्टराई निर्देशित फिल्म फिल्म ‘नरसिंहाः अवतार’को केहि साता यता चर्चामा छ। यस फिल्ममा समावेश गीत ‘अच्छा लेकिन लण्डनको’ यतिबेला चर्चामा छ।
यहि चर्चाको छेको पारेर निर्माण टिमले प्रचार्िरसारको सामाग्रीका रुपमा मंगलबार फिल्मको नयाँ पोस्टरमा अभिनेता राजेश हमालसहित १६ जना कलाकार अटाइएको छ। हमालका अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिब जंग बस्नेत, राकेश मानन्धर टार्जन लगायतको अभिनय छ। यो हमालको ८ वर्षपछिको कमब्याक फिल्म हो ।चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको द्वन्द्व, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेको देखिन्छ। एक महिनाअघि दिवाकर निर्देशित फिल्म ‘मायावी’ रिलिज भएको थियो। जुन फिल्मबाट निर्माण टिमले तारिफ पाएको थियो।