सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कृषि मन्त्रालयले अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै

काठमाडौँ/

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।

Exchange and test

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले भने, “गरिव, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो । ”

Leave A Reply

Your email address will not be published.