सुचना, समाचार र मनोरन्जन

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा हुने

पोखरा :

पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा श्रावण १८ देखि भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी सम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए।

अध्यक्ष ढकालका अनुसार श्रीमदवीतकको पहिलो दिन साउन १८ गते शोभायात्रा तथा कलश यात्राको आयोजना गरिने छ। शोभायात्रा पश्चात पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए।

एक महिना सम्म सञ्चालन हुने उक्त कार्यक्रममा प्रमुख वाचक साधक राज रसिक महाराजले प्रवचन प्रदान गर्नेछन। श्रीमदवीतक चर्चामा भक्तजनहरु संगै विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत सहभागीता जनाउने कार्यक्रम संयोजक पण्डित लिलाम्बर सापकोटाले वताए ।

Leave A Reply

Your email address will not be published.