Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मिर्गौला पीडितलाई मिस नेपाल आश्मा, नीति र त्रिसराको ३ लाख सहयोग
- जुनियर सुपरमोडेल इन्टरनेशनल नेपालको ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम सम्पन्न
- नाटक ‘वीर गणेशमान’को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड
- रेखाको ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारलाई सर्यो
- रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित
- कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
- पोउवा संघमा उत्तममान बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी, ‘विधानअनुसार संघ चलाउँछु’
- ‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी बनाउँदै सुजल डेरी
- बाढीपीडितको साथमा जय श्री फुड्सः २५ लाख नगद र ५ हजार प्याकेट चिउरा सहयोग
- माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’
लमजुङका पर्यटकीय गन्तव्य प्रवर्द्र्धन गरिँदै
गण्डकी,
विश्वमा पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको दिन भोलि (बुधबार) अन्नपूर्ण आरोहण दिवसलाई ट्रेकिङ एजेन्सिज एशोसिएन (टान) गण्डकी प्रदेशले लमजुङको दोर्दी गाउँपालिकाका क्षेत्रका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने भएको छ ।
सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लासनालले पहिलो पटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण गरेको अवसरमा प्रत्येक वर्ष जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने प्रचलन छ ।
उक्त दिवस हरेक वर्ष अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा मनाउने गरिएकोमा यसवर्ष ७६ औँ आरोहण दिवसमा लम्जुङको दोर्दी गाउँपालिकाका गन्तव्यलाई समेटिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
अध्यक्ष आचार्यले यसवर्ष जेठ २० र २१ मा अन्नपूर्ण आरोहण दिवस मनाउन लागेको बताउनुभयो । उक्त दिन दोर्दी क्षेत्रका पदमार्गको पहिचान र प्रवद्र्धनसँगै स्थानीय कला–संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनले पर्वतीय पर्यटन र वातावरणमा पारेको प्रभाव लगायतका विषयमा अन्तरक्रिया गर्न लागिएको छ ।
(((