सुचना, समाचार र मनोरन्जन
jaar

‘रातो टीका निधार’की सहायक निर्देशक कृतिले गरिन् अभिनयमा डेब्यु

काठमाडौं :

नेपाली फिल्म सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन्। उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ्ग र्याइँ र्याइँ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफुलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए।
पत्रकारसँगको कुराकानीमा उनले भने,‘उ सिनेमाको पर्दामा भन्दा पनि पर्दा पछाडी काम गर्न रुचाउने मान्छे हो। उसले यसअघि फिल्म ‘पानीफोटो’ र ‘रातो टीका निधार’मा लगायतकमा सहायक निर्देशकको रुपमा काम गरेकी थिइन्। उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए। मेरो फिल्मबाट नै डेव्यु गराउन तयार थिए।’
छोरीको अभिनय देखेर निर्देशक शर्मा निकै उत्साहित देखिएका थिए।

कृतिको अभिनयमा रहेको यो गीतको भिडियोमा मोडल सुनिल क्षेत्रीले पनि अभिनय गरेका छन्। उनैको निर्देशनमा तयार भएको यस म्युजिक भिडियो निकै सुन्दर बनेको देखिन्छ।

यस गीतमा गायक बसन्त थापा र एलिना चौहानले गाएका छन् भने गीतको शब्द रचना राजेन्द्र थापाले लेखेका हुन्। अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ। डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भाइवस् समेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन्। अभिनेत्री शर्माले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव सुनाईन्।

‘डान्सिङ नम्बर भएकाले उनलाई नृत्य गर्न केही असहज समेत भएको,’शर्माले भनिन्,‘ आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रताव आएको खण्डमा अभिनयलाई समेत निरन्तरता दिनेछु।’

आफ्नो सपना सिनेमा निर्देशन भएकाले त्यसमा पनि उत्तिकै फोकस हुने शर्माले बताईन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन्।

Leave A Reply

Your email address will not be published.