काठमाडौं/
प्रतिनिधिसभाको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएसँगै विधेयक पारित भएको हो ।
त्यसअघि विधेयकमाथि संशोधनकर्ता सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकमा योजना आयोग र महालेखा परीक्षक कार्यालयको भूमिकालाई सङ्कुचन गर्न खोजेको भनेर सांसदहरूले लगाएको आरोप अस्वीकार गर्नुभयो । संशोधनसहित सहभागी भएका सांसदहरूले राष्ट्रिय योजना आयोगको भूमिका सङ्कुन गरेको आरोप लगाउँदै भूमिका बढाउनुपर्ने बताएका थिए ।