सुचना, समाचार र मनोरन्जन
jaar

फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज

काठमाडौं :

अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ। सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मलाई निर्माण टिमले अष्ट्रेलियामा पनि प्रदर्शन गर्न लागेको हो।

यो फिल्म नेपालमा गत फागुन २ गते रिलिज भएको यो फिल्मको प्रस्तुतकर्ता अभिनेता बस्नेत नै रहेका छन्। बाबुछोरीको कथामा आधारित यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो भने सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको छ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर रहेको छ।

कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो ।

Leave A Reply

Your email address will not be published.