सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

३० औँ महानगरपालिकामा झुमे काडमाडौबासी,बालेनदेखि अस्तिमाले सुनाए आफ्नो गीत

काठमाडौँ :

र्‍याप गायकका रुपमा परिचित बालेन शाह (बालेन्द्र’काठमाडौं महानगरपालिकाका प्रमुख हुन्। उनी महानगरपालिकाको प्रमुख भएपछि गीत गाउने तथा सांगीतिक कार्यक्रममा पुग्न पाएका छैनन्। तर गत मंसिर ३० गते भने आफैले आयोजना गरेको ३० औँ महानगरपालिकाको खुशीयालाीमा केहि शब्द आम दर्शकलाई सुनाए।

उक्त कार्यक्रममा पुराना तथा नयाँ कलाकारलाई जोड्दै केहि ¥याप कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुती दिए। काठमाडौंको टुँडिखेलमा भएको उक्त कार्यक्रमलाई लिएर महानगरको प्रशंसाा समेत भएको छ। गायन कलालाई रचनात्मक उद्योगमा जोडेको बताउँदै गायन क्षेत्रका कलाकारहरुले महानगरपालिकाको प्रशंसा गरेका हुन्। ३० औँ महानगर दिवस २०८१ का अवसरमा महानगरपालिकाले मंसिर २९ गते शनिवार आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै आफ्ना प्रतिक्रिया राखेका थिए।

कलाकारहरुको उत्साहजनक प्रस्तुति र दर्शकहरुको उल्लेख सहभागिताले कार्यक्रम सफल भएको महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताए। उनले महानगर दिवसको सबैमा शुभकामना दिँदै दर्शकहरुलाई भनेका छन्,‘तपाईँहरु मंसिरको चिसो दिनमा पनि दिउँसोदेखि नै कार्यक्रम स्थलमा आउनुभयो । रात अवेरसम्मका प्रस्तुतिहरु हेर्न बस्नुभयो । प्रस्तुतिहरुमा रमाउनु भयो । यसप्रति आभार प्रकट गर्दछु ।’

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले पनि आफ्ना भनाई राखेकी थिइन्। उनले कलाकारहरुको प्रशंसाा गर्दै उत्कृष्ट प्रस्तुती रहेको बताईन्।
उनी भन्छिन्,‘कलाकारहरुको उत्कृष्ट प्रस्तुति र दर्शकहरुको मर्यादित सहभागिताले कार्यक्रम सफल भयो।’

sfal

कार्यक्रममा पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारले लोक, आधुनिक तथा पपसहितका विधामा गायन गर्नुभएको थियो । व्याण्डहरुको बादनसहितको प्रस्तुति थियो । गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी र इन्द्रकला राईका प्रस्तुति थिए। सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, कुमा सागर एण्ड द ख्वपः सुशान्त एण्ड राघव, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, सन्दिप विष्ट, चक्र बमसहित कलाकारका प्रस्तुतिमा दर्शकहरु रमाएका थिए। राष्ट्रिय झण्डा बोकेर, नाचेर दर्शकहरुले उत्साह प्रकट गर्दै महानगरको प्रशंसाामा समय खर्चिए।

उपस्थित कलाकारहरुले भनेका थिए,‘गायनसँगै प्रस्तुतिभित्र बादन, प्रविधिलगायत विभिन्न विधा छन् । ती विधासँग पेशा र व्यवसाय जोडिएका छन् । महानगरपालिकाको कार्यक्रमले ती सबै विधालाई जागृत गरेको छ। यो महत्वपूर्ण पक्ष हो।’

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो। ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ।

तस्विर : काठमाडौं महानगरपालिका

Leave A Reply

Your email address will not be published.