Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
- राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
निर्धारित मितिमै निर्वाचन हुन्छ: मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यस्मा कुनै शङ्का गर्नु नपर्ने बताएका छन ।
आज बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गरेको बताए । “हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक सङ्कट छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,” उनले भने ।
राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता भएको उनको धारणा थियो । उनले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने, “सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।” उनले अगामी निर्वाचन ठूलो अवसर भएकाले जनताले सही नेतृत्व छान्न आग्रहसमेत गरे।
Prev Post