सुचना, समाचार र मनोरन्जन

दिनेश राउतको ‘कुमारी’ले गर्‍यो बलियो ओपनिङ, दर्शकबाट प्रशंसा

काठमाडौं :

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’लाई दर्शकले मन पराएका छन्। शुक्रबार आजबाट प्रदर्शनमा आएको फिल्मलाई दर्शकले गरे प्रशंसै प्रशंसा,गरेका हुन्।
लामो समयको पर्खाइ र चर्चापछि प्रेमकथामा आधारित फिल्म ‘कुमारी’लाई देशभरका हलहरूबाट उत्साहजनक शो प्राप्त भएको थियो। करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति देखिएको छ।

काठमाडौं उपत्यकाका मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन्। बिहानी शो हेरेका दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक दिनेश राउतको भनाई छ। पहिलो शो हेरेर निस्किएका दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुतिको प्रशंसा गरेका छन्। दर्शकले नेपाली प्रेमकथामा बनेका फिल्महरुमा यो उत्कृष्ट मध्ये एक रहेको प्रतिक्रिया दिए।

प्रेम कथानक फिल्म निर्देशन गर्न माहिर मानिने निर्देशक दिनेश राउतले यस फिल्मलाई प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरेका छन्। यसै फिल्मबाट अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

महेन्द्र अधिकारीले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन्। विकास सुवेदीको लेखन रहेको यस फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.