
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
- विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
- बिर्सने रोग ‘डिमेन्सिया’ पहिचानका लागि बेलायतमा एआई परियोजना
- ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलरमै देखियो सलमान खान र नेपालका अनुप बिक्रमको धकेलाधकेल
- ‘हिमालयन गोल्ड’निर्देशक धिरज राजवंशी भन्छन्,‘मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन्’
- राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
- भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
- रानीपोखरीमा भाइटीका लगाउनेको भिड
- प्रधानमन्त्रीद्वारा नेपाल संवत्को शुभकामना
- देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारदेखि
काठमाडौँ,
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने आयोजक ‘सुन्दरढोका साथी सेवा’ले जनाएको छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् । प्रतियोगिताको उपाधि विजेता टोलीले ट्रफिसहित रु ५० हजार, उपविजेताले ट्रफिसहित रु ४० हजार र तेस्रो हुने टोलीले रु ३० हजार प्राप्त गर्नेछ ।
आयोजक संस्थाकी कार्यकारी निर्देशक विजेता लुइँटेल अधिकारीले बहिरा फुटबल प्रतियोगितामार्फत बहिरा अपाङ्गता भएका फुटबल खेलाडीको प्रतिभा उजागर गरिनेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागी हुने वातावरण बनाउन समेत प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।