
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
- विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
- बिर्सने रोग ‘डिमेन्सिया’ पहिचानका लागि बेलायतमा एआई परियोजना
- ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलरमै देखियो सलमान खान र नेपालका अनुप बिक्रमको धकेलाधकेल
- ‘हिमालयन गोल्ड’निर्देशक धिरज राजवंशी भन्छन्,‘मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन्’
- राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
- भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
- रानीपोखरीमा भाइटीका लगाउनेको भिड
- प्रधानमन्त्रीद्वारा नेपाल संवत्को शुभकामना
- देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ: अध्यक्ष घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन ।
आज यहाँ राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताए । ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको घिसिङको भनाइ थियो ।

उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताए । “देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छ । कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन, यसमा हाम्रो पार्टी प्रष्ट छ”, अध्यक्ष घिसिङले भने।
जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।