
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
- Korean Artist Ku Hyun Kim Donates 5,000 kg Rice to Flood Victims
- दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
- सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
- विपत्को छाँया र महँगीको मारमा दसैँ: सादगी, आत्मीयता र साझा उत्तरदायित्व
- कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई
- आज असोज ३१ गते शनिबारको राशिफल हेर्नुहोस
- नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
- बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
- नवरात्रि : चेतनाको शुद्धीकरण र दिव्यत्वतर्फको महायात्रा
राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित
काठमाडौँ,
राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राख्नुभएको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु डा वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिनुभएको थियो । सो छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धानलगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पारे ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २६ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।