सुचना, समाचार र मनोरन्जन

दिनेश निर्देशित फिल्म ‘कुमारी’को प्याकअप

काठमाडौं :

गत भदौ १७ गतेबाट छायांकनमा निस्किएको फिल्म ‘कुमारी’को प्याकअप भएको छ। दिनेश राउतको निर्देशनमा निर्माण भएको यो फिल्मको छायाकन शनिबार सकिएको हो।

छायाङ्कन हुनु अघि नै निकै यो फिल्मको गीत रिलिज गरिएको थियो। निर्माण टिमले फिल्ममा समावेश गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको थियो। यसै गीत गाएका गायक केहर सिंहले पनि देशव्यापी कन्सर्टमा गाइरहेका छन्। उनका अनुसार यो गीत दर्शकको अत्यधिक मागसँगै सो गीत गाइरहेका हुन्। गायक लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय छ।

यस फिल्मबाट अभिषेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार फिल्ममा देखिने निर्माण पक्षले जानकारी दिएको छ।

सुसन प्रजापतिको छायांकन रहेको यो फिल्मलाई बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा निर्माण भएको हो। यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यस फिल्ममा चार गीत रहेका छन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिएका छन्। सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको रहेको छ। शब्द लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन्।

Leave A Reply

Your email address will not be published.