सुचना, समाचार र मनोरन्जन

नव अभिनेतालाई लिएर फिल्म ‘कुम्भ’बनाउदै रन्धिर श्रेष्ठ,फिल्मका लागि अभिनेत्रीको खोजी

काठमाडौँ :

निर्देशक रन्धिर श्रेष्ठले होलीको अवसर पारेर फिल्म ‘कुम्भ’को निर्माण घोषणा गरेका छन्। उनकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्मलाई औपचारिक घोषणा गरिएको छ।

एक्सन जनरामा बन्ने फिल्म ‘कुम्भ’को फस्र्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको हो। सार्वजनिक फस्र्ट लुकमा फिल्म ४ मुख्य पात्रलाई स्थान दिइएको छ। एक जना मुख्य पात्र घोडामा सवार छन्। फिल्ममा नवनायक अशोक आर्यन,खलनायक सुनिल थापा,सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा अनुबन्धित भएका छन्। फिल्मको लागी मुख्य नायिकाको खोजी भइ रहेको निर्माण टिमले जानकारी दिएको छ।

निर्माण पक्षका अनुसार यो फिल्म यहीँ चैतको दोस्रो साता देखि फ्लोरमा जाने तयारीमा छ। रन्धिर श्रेष्ठकै छायांकन रहने यस फिल्ममा द्वन्द सम्राट बस्नेतको रहनेछ। रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहने यस फिल्ममा सह निर्माता ध्रुवराज पराजुली रहेका छन्। इश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। निर्देशक श्रेष्ठ लामो समय देखि म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रहदै आएका छन्।

Leave A Reply

Your email address will not be published.