सुचना, समाचार र मनोरन्जन

‘कुस्ती’ मा आइआइएफटीको पहिरन देखिदै धिरज र मिरुना

काठमाडौँ :

कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आज आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए ।

उनले भने,‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ ।’

कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे। उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोशाक ट्रायल पनि गरेका छन्।

आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले नयाँ सुरुआत गरेको बताइन। उनले भनिन्,‘हामीले फेशन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ। तर यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ। यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेशनमा बदलाव ल्याउने छ।’

उक्त अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए। अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरले नै चर्चा पाएको थियो। कलाकारको स्वभावलाई रङ्ग अनुसार प्रस्तुत गरिएका कारण यो नयाँ र फिल्मको थिम अनुसार देखिएको थियो।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ। छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको फिल्म ‘कुस्ती’ आउँदो फागुन पहिलोसातादेखि छायाङ्कनमा जाने तयारीमा छ। काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ।

Leave A Reply

Your email address will not be published.