सुचना, समाचार र मनोरन्जन

पाँडे र जिग्रीले निर्माणमा बनेको फिल्म ‘लाज शरणम्’मा समावेश गीत ‘नेपाल हासेको’ रिलिज

काठमाडौं :

कुमार कट्टेल (जिग्री) निर्देशित फिल्म ‘लाज शरणम्’को गीत रिलिज भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको फिल्ममा समावेश गीत ‘नेपाल हासेको’को बोलको गीत रिलिज भएको हो।

गीतमा बालेन शाहकै स्वर, संगीत र शब्द रहेको छ भने गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ। गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ।

बालेन मेयर भएपछि उनले गाएको यो पहिलो गीत हो। यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्षको दाबी रहेको छ। बालेनको लोकप्रियताजस्तै यो फिल्मको गीत र फिल्म पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ।

फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने फिल्म ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक गरेको थियो। यो फिल्मलाई हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो फिल्ममा ‘सक्किगोनि’ टिमको छ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। यो फिल्म यो वर्षकै प्रतिक्षितमध्येको एक हो।
‘सक्किगोनि’ टिमले बनाएको यो फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.