सुचना, समाचार र मनोरन्जन

फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज

काठमाडौं : कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका फिल्मको भन्दा फरक र युनिक देखिन्छ। यो ट्रेलरले फिल्मप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ।

‘त्यो रात के भयो ? भन्ने सवांदबाट सुरु भएको फिल्मको भगवान पनि म, अनि राक्षसबाट अन्त्य गरिएको छ। ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ। फिल्म निर्देशक जुनिक गहतराज पनि फिल्मका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

फिल्म महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ। फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। यस फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

Leave A Reply

Your email address will not be published.