सुचना, समाचार र मनोरन्जन

जागरण अभियानको तयारीमा जुट्न कार्यकर्तालाइ प्रचण्डको निर्देशन

काठमाडौं/

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरूसँग सोमबार महोत्तरीमा भएको बैठकमा प्रचण्डले पार्टीलाई जनतासँग जोड्ने गरी अभियानको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

१२ फागुनदेखि सुरु हुने अभियान सफल हुँदा मधेशमा राम्रो जनाधार बन्ने भन्दै उनले झापाबाट सुरु गरेर कन्चनपुरमा हुलाकी मार्गकेन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम् जागरण अभियान सञ्चालन गरिने जानकारी दिए ।

तीनवटै अभियान सकिएपछि काठमाडौंमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन र सभाको आयोजना गरिने पनि उनले बताए ।

उनले अभियानपछि केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशनको तयारीमा लाग्ने बताए । अब सबै नेतृत्व चुनावबाटै आउने भन्दै उनले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिए।

Leave A Reply

Your email address will not be published.