सुचना, समाचार र मनोरन्जन

‘लाज शरणम्’को पोस्टरमा लुकाईएका धुर्मुसलाई दोस्रोपटक सार्वजनिक गरियो,नेताको भुमिकामा रहेको अनुमान

काठमाडौं :

हास्यकलाकारको टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको एक पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरले फिल्मका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ भने विशेष रूपमा पोस्टरमा सीताराम कट्टेल (धुर्मुस)को फरक गेटअपमा देख्न सकिन्छ। उनी यो फिल्ममा नेताको भूमिकामा रहेको अनुमान सहजै गर्न सकिन्छ। किनभने कट्टेललाई दोरा सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ।

sfal

उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो कथावस्तु झल्काएको छ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्।

कुमार कट्टेल ‘जिग्री ब्रो’ले नै लेखेको तथा निर्देशन गरेको यो फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको अभिनय रहेको छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन्। ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ। यो फिल्मलाई यस वर्षकै प्रतिक्षित फिल्ममध्ये एक मानिएको छ।

Leave A Reply

Your email address will not be published.