Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
- मौनताबाट नेतृत्वसम्म : नारी शक्तिको यात्रा र बदलिँदो समाज
- पोखरामा सार्वजनिक सरोकारमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया
- ‘मझेरी’को चर्चाबीच निर्देशक सुरेन्द्रको नयाँ फिल्म ‘भोजपुरे ठिटो’सँग सम्झौता
- ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा
- ९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला
- कलश इभेन्ट्सको मादल प्रतियोगिता : काठमाडौंका प्रिन्स बने जुनियर बिट मास्टर
- नीशा सुनारले सार्वजनिक गरिन् ‘झ्याप छौं कि साइँला दाई’, नाजिर र उषाको रोमान्स
- प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- प्रधानमन्त्री बालेन र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता
अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनमा
काठमाडौँ,
चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो ।
षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । आफ्ना सन्तानका लागि आमाले गर्ने सङ्घर्षमै चलचित्र केन्द्रित छ । एउटा परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र तयार भएको छ ।”
चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गर्नुभएको छ ।
अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र ‘लालीबजार’ बन्ने बताउनुभयो । “यो चलचित्रको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित छु । हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ”, उहाँले भन्नुभयो ।
उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो ।
Next Post