सुचना, समाचार र मनोरन्जन

‘लालीबजार’को गीतमा स्वस्तिमाको नृत्य, खेम सेन्चुरी–दीपिकाको स्वर

काठमाडौं :

स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘लालीबजार’मा समावेश गीत पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौँमा रहेको सिभिल मलको क्युएफएक्सको हलमा गीत रिलिज गरेका हुन्।

दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वरमा रहेको यो गीतमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ,विशाल देवकोटालाई देख्न सकिन्छ। यस गीतको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी रहेको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको यो गीतमा गायक खेम सेन्चुरीकै संगीत,अनि शब्द रचना रमेश बिजीको छ।

यो फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायतको अभिनय छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दै छन्।
यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस फिल्मबाट निर्देशक प्रदीप भट्टराई निर्मातामा आएका छन्। उनी यसै फिल्मबाट कार्यकारी निर्मातामा बनेका हुन्। निर्माता भने म्याक्स दीपेश खत्री र कलाकार रविन्द्रसिंह बानियाँ रहेका छन्।

षट्कोण आर्टसले निर्माण रहेको फिल्मको प्रदर्शन आगामी २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ। स्मरण रहोस् यसअघि गायिका दीपिकाको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ चर्चामा थियो।

Leave A Reply

Your email address will not be published.