काठमाडौं :
यही शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिकट बुकिङ खुलेको छ। देशभरका हलहरूले बिहीबारदेखि बुकिङ खुलाएका हुन्। यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो।
वास्तविक यौनकर्मीहरू समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा छिन्। नायक जीवन भट्टराई, नायिका उषा रजक र कलाका शिशिर वाङदेद मुख्य भूमिकामा छन्।
फिल्ममा अन्य कलाकारहरू सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ।