काठमाडौं :
यही फागुन २९ गतेलाई प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट गीतको भिडियो रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशनी कार्की र जीवन भट्टराईले अभिनय गरेका छन्। साथै अन्य कलाकारमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतलाई पनि भिडियोमा देख्न सकिन्छ। मुख्य भुमिकामा रहेकी अभिनेत्री रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ।
प्रीति कौरले गाएकी यस गीतमा शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्। एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो। रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ।