सुचना, समाचार र मनोरन्जन

‘लालिमा’को ट्रेलरलाई रोकेन चुनावी माहोलले,२४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं :

चुनावी माहोल तातिरहेको अवस्थामा पनि फिल्म ‘लालिमा’ले दर्शको साथ पाइरहेको छ। यो फिल्मको ट्रेलर युट्युबमा रिलिज भएसँगै शिर्षक स्थानमा पुगेको छ। अझ भनौँ,दर्शकले चुनावी माहोलसँगै फिल्मका सामाग्रीलाई समेत रुचाई दिएका छन्।

शनिबार सार्वजनिक ट्रेलर अहिले युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ४ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा रोश्नी कार्की शीर्ष भूमिका छिन्।
उनका अलवा फिल्ममा जीवन भट्टराई,उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउन लागेको यो फिल्ममा यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथालाई फिल्ममा प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

यस फिल्मकी मुख्य अभिनेत्री रोश्नी भन्छिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ।’

यसै फिल्मर्की सशक्त अभिनेत्री उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) एक महिलाको भूमिकामा देखिएकी छन्। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

Leave A Reply

Your email address will not be published.