सुचना, समाचार र मनोरन्जन

लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने ‘सुगुरको मासुमा पल्केर दुई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : 

पछिल्लो समय लिम्बु जातीको  परम्परा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर दुई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पालाम भित्र सृष्टि देखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषयहरू  बताउने लिम्बु समुदायको लोकगीत ‘सुंगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाङ्कन गरिएको यो भिडियो जि मिडिया युट्युब च्यानलमा बुधबार सार्वजनिक गरिएको हो।

Pach Pandav

यसमा यासेली योङहाङ, चर्चित मोडल तथा भ्लगर डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल (2024) एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, (हाङ बारे) बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु दिग्गज कलाकार  रहेका छन्।

‘सुंगुरको मासुमा पल्केर एक’ को सफलता पश्चात निर्माण गरिएको प्रकाश आङ्बुहाङ (हाङ्बारे) निर्माता रहेका यस भिडियोमा सनम तामाङको छायाङ्कन, दिनेश शाहको सम्पादन रहेको छ भने चर्चित कोरियोग्राफर दिनेश माङ्गमुको कोरियोग्राफी र  बिजय मगरको निर्देशन रहेको छ ।

Leave A Reply

Your email address will not be published.