सुचना, समाचार र मनोरन्जन

लिची बारी जग्गा प्रकरणमा पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखराको लिची बारी जग्गा प्रकरणमा दुई जना पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मन्त्रीहरूसँगै मालपोत कार्यालय कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई प्रतिवादी बनाएको छ ।

पोखराको बाटुलेचौरमा रहेको लिची बगानको १३४ रोपनी जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाबीचको अडियो सार्वजनिक भएपछि अख्तियारले मुद्दा अघि बढाएको थियो ।

अख्तियारले पूवमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ४ जनासँग ७८ लाख र खेम पुनसँग २५ लाख रुपैयाँ बिगो माग गरेको छ ।

यसैगरी तत्कालीन भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्री बलराम अधिकारी र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध घुस रिसवत लिएरदिएको विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.