सुचना, समाचार र मनोरन्जन

एलओडीले ६ दिन वार्षिकोत्सव मनाउने, को- को कलाकार आउँदैछन्?

 

काठमाडौं : ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ। स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो।

क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो। पहिलो दिन अर्थात् माघ २६ गते पुर्णराई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुती गर्ने छन्।

माघकै २८ गते कुमासागर एण्ड द ख्वापले पस्तुती गर्ने छन्। साथै फागुनको एक,दुई,आठ र नौँ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुती दिने भएका छन्।

एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो। केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ। म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ।

Leave A Reply

Your email address will not be published.