सुचना, समाचार र मनोरन्जन

“लोक दोहोरी च्याम्पियन” असोज ३ गतेदेखि दर्शक माझ आउने

काठमाडौं :

रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम “लोक दोहोरी च्याम्पियन” को पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “लोक दोहोरी च्याम्पियन” को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो।

नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए । कार्यक्रमको निर्देशन चलचित्र निर्देशक माधव राज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा बरिष्ठ गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्। त्यस्तै कार्यक्रमको सञ्चालन कमेडिन तथा कलाकार दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन्।

त्यस्तैगरी कार्यक्रम व्यवस्थापन गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने, प्रतियोगी सम्योजकमा गायक तथा सर्जक दिपक खड्का, सङ्गीत निर्देशकमा राजु ढकाल, मेन्टर/ कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकालले हेर्नेछन् । उक्त “लोक दोहोरी च्याम्पियन” छायांकन निर्देशनमा हेमन्त कटुवालले सम्हाल्ने छन भने ब्राण्ड एम्बेस्डरमा गायक तथा सर्जक शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रुपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ।

“लोक दोहोरी च्याम्पियन” को स्याटेलाईट पार्टनर इमेज टेलिभिजन एच्डि, डिजिटल तथा युट्युव पार्टनर म्युजिक नेपाल ,भोटिङ पार्टनर खल्ति एप आइ एम ई , हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेको छ भने,फुड पार्टनरमा साप फाल्चा जोडिएको छ।

आयोजकका अनुसार कार्यक्रमलाई आगामी असोज ३ गतेदेखि दर्शकमाझ ल्याउने तयारी भइरहेको छ। रगोन स्टुडियोको ब्यानरमा निर्माण भइरहेको यस कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ ।

Leave A Reply

Your email address will not be published.