सुचना, समाचार र मनोरन्जन

कुलमानलाई सरकारले पदबाट हटाएपछि मदनकृष्ण श्रेष्ठ असन्तुष्ट

काठमाडौं :

तीन दिन अघि नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएपछि चौतफी आलोचना भइरहेको छ। अहिले सरकारको नेतृत्व गरिरहेका एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माको आलोचना भइरहेको हो।

अधिकांश कलाकारहरु समेत सरकारप्रति रुष्ट बनेको समयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान हटाएकोप्रति जनता खुशी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सामाजिक संजालमा फेसबुकमा जनता खुशी छैनन है भनेर उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘कुलमान घिसिङलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार । पटक्कै खुशी छैनन्।’

उनले आफुले एक कार्यक्रममा बोल्दा बोल्दै बत्ती गएको र माइक बन्द भएको कुरालाई उठान गर्दै त्यो समयमा कुलमानको याद आएको बउल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्,‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ, आवाज बन्द भयो । बत्तीहरू सबै निभे। लोडसेडिङ भएको थिएन, टुपिनको तार मात्र छुटेको रहेछ। एक छिन तार छुटेर बत्ती निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए। एकै मिनेट वत्ती निभ्दा पनि सबैले सम्झिने नाम हो, कुलमान घिसिङ।’

Leave A Reply

Your email address will not be published.