Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मिर्गौला पीडितलाई मिस नेपाल आश्मा, नीति र त्रिसराको ३ लाख सहयोग
- जुनियर सुपरमोडेल इन्टरनेशनल नेपालको ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम सम्पन्न
- नाटक ‘वीर गणेशमान’को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड
- रेखाको ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारलाई सर्यो
- रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित
- कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
- पोउवा संघमा उत्तममान बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी, ‘विधानअनुसार संघ चलाउँछु’
- ‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी बनाउँदै सुजल डेरी
- बाढीपीडितको साथमा जय श्री फुड्सः २५ लाख नगद र ५ हजार प्याकेट चिउरा सहयोग
- माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’
माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर
चितवन,
यहाँको माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ ।
माडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनसँगको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो ।
कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्ना क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो । “गोलघरमा माडी क्षेत्रका १० वटा पर्यटकीयस्थलको नाम लेखिएको छ । अब ती नामअनुसारका तस्बिर राख्ने गरी तयारी भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो ।
गोलघरमा सोमेश्वरगढी, वैकुण्ठधाम, रामधाम, शनिधाम, विराठधुनी, गोद्धकधाम, पर्शुरामकुण्ड, वाल्मीकि आश्रम, भूमि इनार र सेवा त्रिवेणीजस्ता पर्यटकीय क्षेत्रका नाम लेखिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सेवाग्राहीलाई सेवा लिने विश्रामका साथै माडी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि नगरपालिकासँगको सहकार्यमा गोलघर बनाइएको बताउनुभयो । गोलघरमा माडीका पर्यटकीय दृश्य तस्बिरमा देख्न सकिने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
“यसले सेवाग्राहीलाई विश्राम गर्न सहज हुनुका साथै माडीका पर्यटकीय गन्तव्यको प्रचार एकैसाथ भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ।