सुचना, समाचार र मनोरन्जन

माग्नेराजाको टिमको दाउ : पुर्वराजा काठमाडौं फर्कदाको भिडको दृश्य खिच्यो

काठमाडौं :

नेपाली फिल्मका कतिपय राजनीतिक दृश्य खिच्नु परे कुनै गुगल युटुबबाट फिल्म खिच्ने गरिन्छ। तर ऋषि लामिछानेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘माग्नेराजा’को दृश्य यर्थातपरक खिचिर्एको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह पोखराबाट काठमाडौं आउँदा राजावादीहरुले भव्य स्वागत गरेको दृश्यलाई निर्माण टिमले खिचेको हो।

काठमाडौंको त्रिभुवन विमानस्थल अगाडि हजारौं मानिसरुको भीडमा ‘माग्ने राजा’को क्यामेरा राखेर दृश्य खिचिएको थियो। निर्माणपक्षले पाँच वटा क्यामेरा प्रयोग गर्दै भीड खिचेको निर्माण पक्षको भनाई छ। सामिप्यराज तिमिल्सिनाको लेखनमा तयार भइरहेको यो फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘माग्ने राजा’को भूमिकामा छन्।

मुनाल घिमिरेको निर्माणमा तयार भइरहेको यो फिल्ममा केदारको साथमा वर्षा सिवाकोटी,आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतको अभिनय छ। आउँदो वर्षको तीजमा फिल्मलाई  रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.