सुचना, समाचार र मनोरन्जन

फिल्म ‘महाभोज’बाट मिरुना मगर बाहिरिएपछि गौमायाको इन्ट्री

काठमाडौं :

दयाहाङ राईसँग हिटहिट फिल्ममा अभिनय गरेकी मिरुना मगरले निर्माण हुन लागेको फिल्म ‘महाभोज’बाट बाहिरिएकी छन्। फिल्म छायांकनको संघारमा उनी यो फिल्मबाट बाहिरिएकी छन्। उनको ठाउँमा निर्माण टिमले गौमायालाई अभिनेत्रीको रुपमा भित्राएका छन्।

sfal

दिनेश राउतले निर्देशन गर्ने यो फिल्ममा मिरुनाले किन फिल्मबाट बाहिरिने घोषणा गरिन् त्यो कसैले सार्वजनिक गरेका छैनन्। तर उनी यो फिल्ममा नरहेको निर्माण टिमका निकटको भनाई छ।

अब यो फिल्ममा दयाहाङ राई,खगेन्द्र लामिछाने, आर्यन सिग्देल, गौमाया गुरुङ, अञ्जना बराइली, मलिका महत मुख्यभुमिका रहने छन्। आगामी माघ १ गते मुहूर्त गरेर फिल्मको छायांकन सुरु गरिने निर्माण टिमले जानकारी दिदै आएका छन्। विकास सुवेदीको लेखन रहेको ‘महाभोज’मा अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतको पनि अभिनय रहनेछ।

यस फिल्मलाई लगानी हिमाल कडरियाको रहेका छन्। यो फिल्म आगामी जेठमा रिलिज लक्ष्य निर्माण पक्षको छ। निर्देशक राउतले प्राय जेठमा नै आफ्ना फिल्महरु प्रदर्शन गर्दै आएका छन्। यसअघि निर्देशक राउतको ‘पूजार सार्की’ पनि जेठमै रिलिज भएको थियो।

Leave A Reply

Your email address will not be published.