स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद पुनले आफूले ७ वर्षअघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनुभयो । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतङ्क कम गर्ने प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको उहाँको भनाइ छ ।
सांसद पुनले यसको अनुसन्धान अघि बढाएरै काम गर्नुपर्ने र त्यसका लागि खर्च छुट्याउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले ७ वर्षदेखि यो विषय उठाउँदै आएको छु र राष्ट्रिय आविष्कार केन्द्रमार्फत ५०र६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धानको प्रयास पनि गरिएको छ । संसारभर बाँदर भगाउने ठोस प्रविधि अहिलेसम्म पत्ता लागेको छैन । यो समस्या समाधान गर्न सरकारले २ देखि ७ करोड रुपैयाँसम्मको अनुसन्धान बजेट छुट्याउनुपर्छ ।’
त्यसअघि बैठकमा बोल्दै प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिनुभएको थियो ।