सुचना, समाचार र मनोरन्जन

थिम पोस्टर सार्वजनिक गर्दै ‘द महावीर’ निर्माणको घोषणा,

काठमाडौं :

सुरेश अधिकारीको संगीत रहने फिल्म ‘द महावीर’ को निर्माण घोषणा गरिएको छ। आइतबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।

जिबी आग्रीले निर्देशन गर्ने फिल्मको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन। थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ। दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ। बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ, यो युद्धको संकेत हो।

फिल्मको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ। उठ,लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ। फिल्मको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन्। लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन्। सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन्।

कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन्। डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन्। हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्ममा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ। फिल्म को–को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन । रिलिज डेट पनि घोषणा गरेको छैन। निर्देशक जिबी आग्रीले भने,‘हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ। हाम्रो फिल्मको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ।’

Leave A Reply

Your email address will not be published.