सुचना, समाचार र मनोरन्जन

‘लास्ट च्वाँक छे यार’सौगातले सुरक्षालाई भनेपछि…………….

काठमाडौं :

फिल्म ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले गीतको भिडियो रिलिज गरेको हो। गीतमा बाबुल गिरी(धनबहादुर गिरी)को स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ। गीतमा फिल्मकी निर्देशक कृषा चौलागाईंको शब्द छ। द पिक स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिनेश राजवाहक हुन्।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ । गीतमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई प्रस्तुत गरिएको छ। तराईको लोकेसनमा खिचिएको गीतमा त्यहाँको परिवेशलाई देखाइएको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्। विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। आगामी चैत २९ गते रिलिज हुन लागेको यो फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.