Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- न्यान्सी र सुशील अभिनित ‘अक्षरा’लाई डिजिटल राइट्स मुभिज डिजिटेनमेन्टले किन्यो
- ‘चमेलीको पोइ’ को ‘ओइ ओइ चमेली’ मा टिकटक डान्स तथा कन्टेन्ट प्रतियोगिता, चार विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार
- एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
- सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
- मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
- कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
- पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदका लागि अमृत पोख्रेल मैदानमा
- साउन ६ गते बुधबारको राशिफल पढ्नुहोस
- डली गुरुङ बनिन् ‘पाँचौँ मिसेस नेपाल युनिभर्स’, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने
- ‘चमेलीको पोइ’ खोज्दै नारायण त्रिपाठी र विल्सन
महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ
पर्वत,
जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम सञ्चालन गरेको छ ।
बसाइँसराइ रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाइँ सरेर गाउँ आउनेलाई आर्षित गर्न सुरु भएको त्यस कार्यक्रमअन्तर्गत हालसम्म १५ जना परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि रु एक लाख अनुदान र सुरुको छ महिनाका लागि आवश्यक खाद्यान्न दिने गरिएको छ ।
बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिनुका साथै जग्गा जमिन बाँझिदै गएपछि यो कार्यक्रमअन्तर्गत अनुदान दिन थालिएको अध्यक्ष भुसालले स्पष्ट पार्नुभयो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ देखि यस्तो कार्यक्रम लागू गरेको हो । महाशिला गाउँपालिकाका–६ वटै वडाबाट बसाइँ सरेर जानेक्रम पछिल्लो एकदशकयता निकै बढेको छ । गाउँका अधिकांश घर खाली हुन थालेका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाडीले भरिएको छ ।
गाउँमा सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गए पनि बसाइँसराइ गरेर जानेक्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।
उहाँका अनुसार, उक्त रकम घर बनाउनका लागि अनुदान दिइएको हो । जसको घर छैन वा जीर्ण बनेको छ, त्यस्तालाई घर मर्मत गर्न वा नयाँ बनाउनका लागि प्रतिपरिवार रु एक लाख अनुदान दिन थालिएको हो ।
बसाइँसराइ गरेर गाउँ फर्केका परिवारले गरेको खेतीबाट उत्पादन लिन कम्तीमा छ महिनाको समय लाग्दछ । छ महिनापछि आफँैले उत्पादन गरेको अन्नबालीले खान पुग्ने भए पनि उत्पादन नहुनेबेला गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउँदै आएको छ । परिवारको सङ्ख्याअनुसार चामल, दाल, तेल, तरकारीलगायत आवश्यक खाद्यान्नका लागि सहयोग गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
उक्त अनुदानले सहज रुपमा गाउँमा जीवनयापनको सुरुआत गरोस् भन्ने पालिकाको उद्देश्य रहेको पाण्डेयले बताउनुभयो ।
पालिकाका अनुसार लामो समयदेखि बसाइँ सरी गएकाले पनि गत वर्षदेखि गाउँ फर्केर फलफूलखेती गर्न थालेका छन् । बाँझो जमिन उपयोग गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा निःशुल्क बिरुवासहित बिरुवा रोप्ने खर्च उपलब्ध गराएपछि उनीहरु गाउँ फर्किएर फलफूलखेती गरेका हुन् ।
महाशिलाका अधिकांश नागरिक पोखरा, चितवन, नवलपुर, भैरहवालगायत ठाउँमा बसाइँ सरेर गएका छन् । त्यहाँका चार वटा वडाका १५ घरपरिवारका ३२ जना गाउँपालिकामा फर्केर आएका हुन् । उनीहरुलाई वडा कार्यालयको सिफारिस र गाउँ कार्यपालिकाको निर्णयबमोजिम अनुदान रकम वितरण गर्ने तयारी भइरहेको अध्यक्ष भुसालले बताउनुभयो ।
पालिकाका अनुसार पछिल्लो एक वर्षमा गाउँपालिकाबाट ९३ परिवारका ३२५ जना भने गाउँपालिकाबाट बसाइँसराइ गरेर गएका छन् ।