सुचना, समाचार र मनोरन्जन

एमाले कास्कीको अधिवेशन : महेन्द्र उपाध्याय कान्छो सदस्य उम्मेदवार

पोखरा ।

नेकपा (एमाले) कास्कीको अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मंगलबार मतदान हुँदैछ ।

अधिवेशनमा एमाले कास्कीका युवा नेता महेन्द्र उपाध्यायले जिल्ला कमिटीको कान्छो सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

अनेरास्ववियूका नेता समेत रहेका उनले कान्छो सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनको क्लष्टर नम्बर २० हो ।

“पार्टीमा अब युवा” भन्ने उद्घोषका साथ आफुले सदस्य पदमा उम्मेदवारी दिएको उनले बताए । सामाजिक सँगै राजनीतिमा समेत सक्रिय महेन्द्र विभिन्न आन्दोलनमा सक्रियता पूर्वक नेतृत्व लिएका युवा हन् ।

अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछन्। अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि छन्।

Leave A Reply

Your email address will not be published.