सुचना, समाचार र मनोरन्जन

एमाले कास्कीको अधिवेशनः सरस्वती पुरी खुल्ला युवा महिला सदस्य उम्मेदवार

पोखरा ।

नेकपा (एमाले) कास्कीको अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मंगलबार मतदान हुँदैछ ।

अधिवेशनमा एमाले कास्कीका युवा नेतृ सरस्वती पुरीले जिल्ला कमिटीको खुल्ला युवा महिला सदस्यमा दिने भएकी छिन् ।

स्वास्थ्यकर्मी समेत रहेकी पुरीले खुल्ला युवा महिला सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन् । उनको क्लष्टर नम्बर ९ हो ।

Pach Pandav

“वैचारिक, गतिशील र उर्जावान नेतृत्व चयन गरौं” भन्ने उद्घोषका साथ आफुले सदस्य पदमा उम्मेदवारी दिने उनले बताइन् ।

स्वास्थ्यकर्म सँगै सामाजिक काममा समेत उनको सक्रियता बढ्दो छ ।

अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछन्। अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि छन्।

बिहान साढे आठ बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। दाबी, विरोधपछि दिउँसोबाट मतदान सुरू हुनेछ।

विद्युतीय मेसिनबाट मतदान गराउने गरी उपकरणहरू तयारी अवस्थामा राखिएको निर्वाचन कमिटीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.