
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘गौैँथली’लाई ‘वेस्ट फरेन सिनेमा’को अवार्ड
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- चाडपर्वका कारण रगतको चरम अभाव: रक्तदान गर्न रेडक्रसको आह्वान
- चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो
- एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: हलनचोकमा प्रत्यक्ष प्रसारण
- गण्डकीमा प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा कर्मचारी माग
- ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?
- ‘सारथी’को टिजरमा गिरिको रहस्यमय यात्रा, निरुतालाई ‘आमा’ सम्बोधन गरेपछि बढ्यो कौतूहल
- हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’
- ‘कंगाल करोडपति’पछि राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो फिल्म ‘नौ डाँडा काटेर’
‘सोलफुल यूएसए यात्रा’का लागि गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी अमेरिका पुगे
काठमाडौं :
अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’का लागी गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र भव्य बनाउन कुनै कसर बाँकी नराखेको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ।
‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिने यस यात्रा अगस्ट १० गते बाल्टिमोर, अगस्ट १५ गते बोस्टन, अगस्ट १६ गते ब्रान्फोर्ड, अगस्ट २४ गते फिलडेल्फिया, अगस्ट २९ गते ह्यारिसबर्ग, अगस्ट ३० गते न्यु योर्क गते पिट्स्बर्ग, सेप्टेम्बर ५ गते सार्लेट, सेप्टेम्बर ७ गते मुल्वौकी, सेप्टेम्बर १३ गते नेब्रास्का,सेप्टेम्बर २० गते सेन्ट लुइस, सेप्टेम्बर २७ गते डालस, सेप्टेम्बर २८ गते ओकेसी लगायत २० भन्दा बढी शहरहरुमा तय भइसकेको छ ।

‘सोलफुल युएसए यात्रा’ घोषणा भए पस्चात आफूहरूलाई निकै नै उत्साहित प्रतिक्रियाहरू आइरहेको र अमेरिकामा रहेका नेपालीहरू माझ प्रस्तुति दिन पाउँदा निकै नै हर्षित रहेको महेश काफ्लेले बताए। महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्। थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ।
थ्री ईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ। साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ। थ्री ईले सन् २०२२ देखि भर्जिनियामा “डिटिएफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।