काठमाडौँ :
नायिका मलिका महतको मुख्य उपस्थितिसहित बनेको मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ। अपूर्व तामाङको आवाज र शब्द रहेको गीतमा मनिष गुरुङले संगीत भरेका छन्। गीत जी.टु.वान डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो।
जी.टु.वान डिजिटलको प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा बनेको ‘टिन स्पिरिट’ लाई जीवन स्वार र सुनिल गुरुङले निर्देशन गरेका छन्। सिरिजको सम्पादन हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले गरेका छन्।
सिरिजमा मलिका महतसँगै लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायत कलाकारको अभिनय छ।
सिरिजका निर्माता असीम शाह हुन् भने कथा सुनिल गुरुङले लेखेका छन्। कार्यकारी निर्माता विशाल शर्मा रहेका छन्। क्रीयटिभ डाइरेक्टरको जिम्मेवारी आसिफ शाहले सम्हालेका छन्। छायांकन नकुल सुनुवारले गरेका हुन्।
सिरिजमा समावेश अर्को गीतमा आशिरा शाह र सुनिल गुरुङको आवाज, सुश्मा सिग्देलको शब्द तथा निरज तामाङ, मोहक श्रेष्ठ र सन्देश केसीको संगीत रहेको निर्माण टिमले जनाएको छ।
‘टिन स्पिरिट’ को टाइटल स्पोन्सर एम्बिसन गुरु रहेको छ भने करेन्ट स्पाइसी नुडल्स सहप्रायोजक, भोक लाग्यो एप फुड पार्टनर र मोड २३ वार्डरोब पार्टनरका रूपमा छन्। सिरिज हिमालय टेलिभिजनमार्फत प्रशारण गरिनेछ र युट्युबमा पनि जी.टु.वान डिजिटलको आधिकारिक च्यानलबाट सार्वजनिक हुने छ।